
शनिवार , माघ १, २०७८
भैरहवा, १ माघ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी सिद्धार्थनगर नगर कमिटीको चौथो नगर अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले रोशन बहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा गोपाल परियार, सचिवमा कृष्ण मल्ल ठकुरी, उपसचिवमा लेखा पौडेल र कोषाध्यक्षमा प्रविन आचार्य रहेका छन् ।
त्यस्तै सदस्यहरुमा विक्की गुरुङ, लाल थापा, विशाल श्रेष्ठ, विनम्र थापा, फिरोज धुनिया, प्रेम श्रीवास्तव, अंकित पोखरेल, नवराज सिंह, गौतम पौडेल, राजु यादव, अमित सेञ्चुरी, आकाश काफ्ले, विशाल गुप्ता रौनियार, मनिषराज पाण्डे, आदर्श सेञ्चुरी, सिद्धार्थ क्षेत्री, कमल खनाल, दिपेश थापा, सुरेश क्षेत्री, मनिष पुन, प्रशान्त भुजेल, राहुल घोताने, मनि वि.क., सुष्मा मल्ल, मीरा थापा, हिरा कुवर, सन्दिप सोडारी चन्द र अस्मिता थापा (मगर) रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले खेलाडीको संरक्षण गर्न खेलप्रेमीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले खेलकुद जीवनको अभिन्न अंग भएको बताए । अध्यक्ष आचार्यले संकटको बेलामा संघ–संस्था सक्रिय हुनुपर्नेमा जोड दिए । उनले भने, ‘खेलकुदले समाजमा सद्भाव कायम गर्छ, विभेदको अन्त्य गर्छ ।’
नेपाल हायसी–हा सितोरियो काई कराँते डो संघका केन्द्रीय उपाध्यक्ष अर्जुन कुमार गिरीले नयाँ कार्यसमितिले खेलकुद क्षेत्रका विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देहीका अध्यक्ष कृष्ण देवकोटाले एकेडेमीले खेलकुदसंगै विभिन्न सामाजिक कार्य समेत गर्दै आएको बताए । उनले विभिन्न कार्यक्रममा एकेडेमीको सहभागिता हुँदै आएको बताए ।
एकेडेमीका रुपन्देही जिल्ला सचिव विनोद आचार्यले सबैका लागि खेलकुद भन्ने नाराका साथ एकेडेमी अगाडी बढेको बताए ।
त्यस्तै एकेडेमीका तिलोत्तमा नगर कमिटी अध्यक्ष मिलन रानाले नेपालका ७७ वटै जिल्लामा एकेडेमी चलायमान रहेको बताए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी सिद्धार्थनगर नगर कमिटीका निवर्तमान अध्यक्ष मिलन दर्लामीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij