२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखाको अध्यक्षमा निरञ्जन पाठक

आइतवार , माघ २, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, २ माघ । 
    नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखा, रुपन्देहीको १६ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशन आइतबार सम्पन्न भएको छ । सम्मरीमाई गाउँपालिका–५ स्थित रोइनिहवा सभाहलमा भएको उपशाखाको अधिवेशनले निरञ्जन पाठकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    जसको उपाध्यक्षमा कोइली नाउनी, सचिवमा केशव कुमार उपाध्याय, कोषाध्यक्षमा अंकित कुर्मी, सह–कोषाध्यक्षमा इन्द्रजीत धवल र सह–सचिवमा अनुप कुमार पाठक रहेका छन् । त्यस्तै सदस्यहरुमा अष्टभुजा प्रसाद दुवे, विनोद कुमार धवल, विक्रमजीत लोध र अखिलेश कुमार लोध रहेको निर्वाचन अधिकृत आर मोहम्मद खानले जानकारी दिए ।

    IMG-20220116-WA0001.jpg

    उपशाखाका अध्यक्ष निरञ्जन पाठकको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका उपसभापति दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यता तथा रेडक्रस सोसाइटी रुपन्देही शाखाका मन्त्री आर मोहम्मद खानको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।