images

शुक्रवार, बैशाख २१ गते २०८१

घोराही–४ का वडाअध्यक्षले चार बालबालिकाको अभिभावकत्व लिने

घोराही–४ का वडाअध्यक्षले चार बालबालिकाको अभिभावकत्व लिने

images
images
images
बुधवार, माघ ५ २०७८
बुधवार, माघ ५ २०७८
  • घोराही–४ का वडाअध्यक्षले चार बालबालिकाको अभिभावकत्व लिने

    देउखुरी, ५ माघ ।
    दाङकोे घोराही–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले स्थानीय चार बालबालिकाको अभिभावकत्व लिने भएका छन् । वडाअध्यक्ष सार्कीले बुबा–आमा गुमाएका चारै जनाको लालनपालन र शिक्षादिक्षाको जिम्मा आफुले लिने बताएका छन् ।

    images
    images
    images

    घोराही–१९ राम्चेका १३ वर्षीय दीपक कामी, ११ वर्षीया शर्मिला कामी, ६ वर्षीय अशोक कामी र ११ महिनाकी सोनिया कामीले बुबा–आमा गुमाएपछि अभिभावकबिहीन बनेका छन् । उनीहरुका बुबा मोहनलालको २०७७ फागुन १० गते कोइलाखानीमा काम गर्दा पुरिएर मृत्यु भएको थियो । विसं २०७८ मंसिरमा आमा शान्तिको पनि लडेर मृत्यु भयो । त्यसपछि चारैजना अभिभावकबिहीन बनेका थिए । हाल दीपक कक्षा ४, शर्मिला २ र अशोक कक्षा १ मा अध्ययनरत छन् । बुबा–आमाको मृत्युपछि उनीहरू नियमित विद्यालय जान पाउँदैनन् । 

    बालबालिकाको दैनिकी कष्टकर बनेको थाहा पाएपछि घोराही–४ का वडाअध्यक्ष सार्कीले आफ्नै लगानीमा लालनपालन र शिक्षादिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् । मंगलबार बालबालिकाको घरमै पुगी उनले अन्न र न्यायो कपडा वितरण गरे । बालबालिकाका काका भारतबाट फर्किएपछि घरको सल्लाहमा अभिभावकत्व लिने वडाअध्यक्ष सार्कीले बताए ।

    “बालबालिकाको भविष्य अँध्यारो नहोस् भनेर घरमै राखेर पढाउने सोच बनाएको छु”, उनले भने । चारै बालबालिकाको हाल सानीआमा चन्द्रकली विकले आफ्नै घरमा स्याहार गर्दै आएकी छन् । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij