शुक्रवार, आश्विन ५ गते २०८०

नेपाली युवा उद्यमी मञ्च र यती एयरलाइन्स बीच सहकार्य

नेपाली युवा उद्यमी मञ्च र यती एयरलाइन्स बीच सहकार्य

images
images

खबर पात्रो

५, माघ २०७८
  • 1.4K
    SHARES
  • नेपाली युवा उद्यमी मञ्च र यती एयरलाइन्स बीच सहकार्य
    फाइल तस्विर

    काठमाडौं, ४ माघ। नीजि क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायीक सहकार्य भएको छ। सम्झौता सँगै यती एयरलाइन्स अबदेखि मञ्चको आधिकारिक एअरलाइन्स बनेको छ।

    यती एयरलाइन्सको कार्यालयमा आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

    images
    images

    मञ्चमा आवद्ध सदस्य उद्यमीहरुले यती एयरलाइन्सको जहाजबाट आवत जावत गर्दा  सहुलियत पाउनेछन्। युवा उद्यमीका बिभिन्न प्रदेशमा हुने तालिम, सभा, सम्मेलन, गोष्ठी तथा कार्यक्रमहरुमा यात्रा गर्दा यती मोबाइल एप अथवा सदस्य कार्ड मार्फत एयरलाइन्सको गन्तव्यहरुमा सहुलियत प्राप्त गर्न सक्ने, यती स्काई–क्लब कार्यक्रममा सहकार्य गर्ने लगायतका विषयमा सम्झौता भएको छ।

    काययक्रममा यती एयरलाइन्सका सिईओ रिमालले समृद्ध मुलुक निर्माणमा युवाहरुको भुमिका महत्वपुर्ण रहेको बताउदै नेपालका युवा उद्यमीलाई अगाडि बढाउन यती एयरलाइन्स  सधै सहकार्य गर्न तयार रहेको बताए। उनले भविष्यमा पनि युवा उद्यमी मंचसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए। 

    नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष श्रेष्ठले युवाहरुलाई उद्यमको क्षेत्रमा अगाडि बढाउन यस्ता किसिमका सहकार्यल सहयोग हुने र देशभरका युवाहरुलाई हिड्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। सन २००३ मा स्थापित नेपाली युवा उद्यमी मञ्चमा हाल देशभर ७०० भन्दा बढी सक्रिय युवा उद्यमीहरु आबद्ध रहेका छन्। 

    images
    प्रकाशित मिति :माघ ५, २०७८ बुधवार - १२:४७:०४ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij