images

शुक्रवार, बैशाख २१ गते २०८१

आगलागिबाट प्रभावित व्यवसायीलाई संगठनद्वारा सहयोग

आगलागिबाट प्रभावित व्यवसायीलाई संगठनद्वारा सहयोग

images
images
images
बुधवार, माघ ५ २०७८
बुधवार, माघ ५ २०७८
  • आगलागिबाट प्रभावित व्यवसायीलाई संगठनद्वारा सहयोग

    भैरहवा, ५ माघ ।
    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श)ले आगलागिबाट प्रभावित व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । गत मंसिर २८ गते आगलागि भएको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथस्थित अमित इम्पेक्सलाई राहत प्रदान गरिएको संगठनका महासचिव सचिन रोक्काले बताए ।

    images
    images
    images

    संगठनका अध्यक्ष अनिल कुमार ज्ञवाली, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, वाणिज्य उपाध्यक्ष कृष्ण बहादुर गुरुङ, महासचिव सचिन रोक्का र कोषाध्यक्ष राममिलन यादवले सञ्चालक अमित कुमार बेरिवाललाई बुधबार राहतस्वरुप चेक हस्तान्तरण गरेका हुन् ।

    संगठनमा आबद्ध भइ विभिन्न समस्यामा परेका उद्योगी व्यवसायीलाई संगठनले राहत प्रदान गर्दै आएको छ । 


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij