२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

त्रिभुवन बिश्वबिद्यालयका सबै परीक्षा स्थगित

बिहिवार , माघ ६, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • काठमाण्डौ। कोरोना संक्रमण व्यापक रुपमा फैलिएसंगै त्रिभुवन बिश्वबिद्यालयले आउदो आइतवारदेखिका सम्पुर्ण परीक्षा स्थगित गरेको छ।

    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै माघ ९ गतेदेखिका सबै परीक्षा अर्को सूचना नआउन्जेल सम्मका लागि स्थगित गरेको जानकारी गराएको हो। आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।

    यस अघि बिहिवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका परीक्षामा स्वास्थ्यका मापदण्ड पालना भए नभएको अनुमगन गरी नभएको भएमा परीक्षा रोक्न निर्देशन दिएका थिए। काठमाण्डौ विश्वविद्यालयले यस अघि नै आफ्ना परीक्षा स्थगित गरिसकेको छ।

    Tu.png