२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन सिद्धार्थनगरको अध्यक्षमा ढकाल

शनिवार , माघ ८, २०७८

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा, ८ माघ ।
    नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन सिद्धार्थनगर, रुपन्देहीको सातौं वार्षिक साधारणसभा तथा चौथो इकाई अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले तुलसीराम ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा जीवन पन्थी, सचिवमा मनोज कुमार चौधरी र कोषाध्यक्षमा विष्णु प्रसाद भुसाल रहेका छन् ।त्यस्तै सदस्यहरुमा विमला पोखरेल, राम कुमार लोध र प्रख्यात बन्जाडे रहेको निर्वाचन अधिकृत अधिवक्ता अर्जुन कुमार आचार्यले बताए ।

    त्यसै गरी केन्द्रीय प्रतिनिधिमा गोपाल पाण्डे ‘अल्छी’, प्रदिप कुमार यादव, जर्नादन नेपाल, मोहम्मद फारुक खाँ र मंगला पाण्डे चयन भएका छन् ।

    नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन सिद्धार्थनगर, रुपन्देहीका उपाध्यक्ष जर्नादन नेपालको अध्यक्षता, वरिष्ठ अधिवक्ता तथा नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनका पूर्व केन्द्रीय उपाध्यक्ष गोपाल पाण्डे ‘अल्छी’को प्रमुख आतिथ्यता, नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन रुपन्देहीका पूर्व अध्यक्ष श्याम अर्यालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    साधारणसभामा संस्थाका सचिव मनोज कुमार चौधरी र कोषाध्यक्ष साधना पाण्डेद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मतले पारित गर्ने निर्णय भएको प्रख्यात बन्जाडेले बताए ।