२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

रोटरी बुटवलको १३९८ औं बैठक

शनिवार , माघ ८, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • बुटवल, ८ माघ ।
    रोटरी क्लब अफ बुटवलको १३९८ औं नियमित एवं वर्ष २०२१/२२ को २८ औं बैठक शनिबार सम्पन्न भएको छ । कोरोना संक्रमणको जोखिमका कारण भर्चुअल रुपमा आयोजना गरिएको बैठकको एजेण्डा रोटरी इन्फर्मेशन रहेको थियो । बैठकमा रोटरीयन मधुप्रसाद अर्यालले इम्याजिन रोटरी थिमको विषयमा अवधारणा प्रस्तुत गरेका थिए । 

    रोटरी इन्टरनेशनलका विषयवस्तु, लक्ष्य, उद्देश्यबारे जानकारी गराउँदै उनले सबै रोटरीयनलाई रोटरीको थिमभित्र जोड्न सकिए रोटरीको गरिमालाई अझ उचाईमा पुर्याउन सकिने बताए । त्यस अवसरमा रोटरीयनहरु मणिरत्न पाण्डे, अजयमान श्रेष्ठ, बोनिन पिया, यदुनाथ पाण्डे लगायतले विभिन्न जिज्ञासा एवं सुझाव राखेका थिए ।

    बैठकमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजूले सबै रोटरीयनलाई छलफल र अन्तरक्रिया बढाउन र सामाजिक काममा अझ बढी क्रियाशिल हुन आग्रह गर्दै सामाजिक क्षेत्रमा देखिएको सक्रियताले मात्र रोटरीको छवि उचाईमा पुग्ने बताएका थिए ।

    रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित बैठकमा क्लबका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरु प्रस्तुत गरेका थिए भने रोटरीयनहरु पुरन प्रसाद श्रेष्ठ, रामचन्द्र पन्थी लगायतले पनि आफ्नो धारणा  राखेका थिए ।