२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण

बिहिवार , आश्विन २९, २०७७

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौं, २९ असोज । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । 

    बुधबार टाउको सामान्य दुखेपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो ।

    थापाले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसंग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् । थापा होम आइसोलेसनमै बसेका छन् ।