२०८२, फाल्गुण ११ गते

Feb 23 2026 | २०८२, फाल्गुण ११ गते

जबरजस्ती करणीको आरोपमा रुपन्देहीमा दुईजना पक्राउ

शनिवार , माघ ८, २०७८

  • 6.8K
    Shares
  • 6.8K
    Shares
  • भैरहवा, ८ माघ । 
    जबरजस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ का २० वर्षिय गणेश यादव र वडा नम्बर ९ का २६ वर्षिय सुवाष यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ पिपरास्थित खाली खेतमा २२ वर्षिय परिवर्तित नाम २०७८ (र) र १९ वर्षिय परिवर्तित नाम २०७८ (स) लाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको चन्दले बताए ।

    प्रहरी कन्ट्रोलमा खबर प्राप्त हुन साथ तत्कालै ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको टोलीले पीडित महिलाहरुलाई तत्काल तत्कालै उद्धार गरी स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाएको उनले बताए । घटनामा संलग्नमध्ये गणेशलाई तत्काल नियन्त्रणमा लिइएको र सुवाष फरार रहेकोमा उनलाई खोजतलास गरी राती साढे ११ बजे उनलाई लु.स.न.पा.–९ स्थित महजिदिया चोकबाट पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    उनीहरुलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट जरुरी पक्राउ पूर्जी स्वीकृत गराई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।