
सोमवार , माघ १०, २०७८
भैरहवा, १० माघ ।
नेपाल सितोरियो कराँते डो को सहकार्यमा एक दिने नयाँ तथा पुराना कराँते खेलाडीहरुको बेल्ट टेस्ट ग्रेडिङ तथा डेमोष्ट्रेशन कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा भएको कार्यक्रममा १८० जना खेलाडीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन रोहिणी–३ का वडाअध्यक्ष बिर बहादुर क्षेत्रीले गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाबाट अवकाशप्राप्त तथा प्रशिक्षक रामवृक्ष ठाकुरले रिंगफायर जम्पबाट घैटो फुटाएका थिए । त्यस्तै भैरहवाबाट काशी नोबल एकेडेमीका करीब २० जना खेलाडीहरुले कला प्रस्तुति गरेका थिए । त्यसै गरी ढेकार डोजोबाट ५० जना कराँते प्रशिक्षार्थीहरुले रोचक घम्साघम्सी क्रियाकलापको प्रस्तृति गरेका थिए ।
काशी नोबल एकेडेमीका प्रमुख प्रशिक्षक कमल श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा रुपन्देही खेलकुद विकास समितिका कराँते प्रशिक्षक माधव घिमिरेले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij