२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो

मंगलवार , माघ ११, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • बुटवल। रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा दुई जनाको शब फेला परेको छ। जंगलमा एक महिला र एक बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। 

    एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ घोडाहा जंगलमा मंगलबार दिउँसो भेटिएको हो।

    शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिए।

    उनका अनुसार अहिले सम्म शबको पहिचान हुन सकेको छैन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु आमाछोरी हुन सक्ने अनुमान गरिएको छ।