images

मंगलवार, बैशाख ११ गते २०८१

रुपन्देहीका १२ विद्यालयले पाए अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

रुपन्देहीका १२ विद्यालयले पाए अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

images
images
images
बुधवार, माघ १२ २०७८
बुधवार, माघ १२ २०७८
  • रुपन्देहीका १२ विद्यालयले पाए अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

    बुटवल, १२ माघ । 
    अन्तरराष्ट्रिय प्रतिष्ठित संस्था ब्रिटिश काउन्सिलद्वारा प्रत्येक वर्ष प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (पुरस्कार) रुपन्देहीका १२ वटा विद्यालयले प्राप्त गरेका छन् । जसमा बुटवल उपमहानगरपालिकाका ५ वटा परेका छन् । इन्टलेक्चुअल एकेडेमीसहित बुटवलका कालिका मानवज्ञान, नवीन औद्योगिक, अक्सफोर्ड र मणिमुकुन्द रहेका छन् ।

    images

    भैरहवाबाट एउटा विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड प्राप्त गरेको छ । उक्त अवार्ड भैरहवाको सनसाईन आवासीय माविले प्राप्त गरेको हो । त्यस्तै कञ्चनको बुद्ध दीप, सैनामैनाको प्रभात, तिलोत्तमाका एपेक्स, न्यू इनभारमेन्ट, सिद्धार्थ  र किड्स हेवान स्कूल रहेका छन् ।

    १२ मध्ये २ वटा मात्रै सामूदायिक छन् भने १० वटा निजी विद्यालय रहेका छन् । कोरोना महामारीका कारण हरेक वर्ष वितरण गरिने यो अवार्ड सन् २०२० र २०२१ का दुई वर्षको एकैपटक सार्वजनिक गरिएको हो ।

    विद्यार्थीको शिक्षण सिकाई क्रियाकलाप व्यवहारिक र अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धी बनाउँदै लगिने उद्देश्यले विश्वभरका ३१ देशका विद्यालयमा यो अवार्ड प्रदान गर्दै आएको छ ।

    नेपालमा सन् २०२० मा ५३ र २०२१ मा ५४ गरी १०७ वटा स्कूलले एकै पटक यो अवार्ड प्राप्त गरेका छन् । यो अवार्ड शिक्षण सिकाई क्रियाकलापको मापनका आधारमा मूल्यांकन गरी ब्रिटिश काउन्सिलले छनोट गर्दछ । अवार्डका लागि नेपालबाट प्रत्येक वर्ष सयौ स्कूलले आवेदन गरेका हुन्छन् ।

    अवार्ड प्राप्त गरेपछि सो स्कूलले अन्तर्राष्ट्रिय क्षेत्रका विद्यालयहरुसंग एकअर्काका शिक्षण सिकाई क्रियाकलापहरु र विद्यार्थीका अनुभवहरु आदानप्रदान गर्ने र ब्रिटिस काउन्सिलको लोगो ३ वर्षसम्म प्रयोग गर्न पाउँछन् भने पुन लोगो प्रयोग गर्न फेरि छनौट हुनुपर्छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij