images

शनिवार, बैशाख ८ गते २०८१

रक्तदान अभियानलाई निरन्तरता दिँदै नेपाल नियमित रक्तदाता संघ 

रक्तदान अभियानलाई निरन्तरता दिँदै नेपाल नियमित रक्तदाता संघ 

images
images
images
बुधवार, माघ १२ २०७८
बुधवार, माघ १२ २०७८
  • रक्तदान अभियानलाई निरन्तरता दिँदै नेपाल नियमित रक्तदाता संघ 

    बुटवल, १२ माघ । 
    सधैं शान्ति सुरक्षाको लागि खटिने नेपाल प्रहरी बुधबार बिहान भने रक्तदानमा व्यस्त देखिन्थे । बुटवलको ट्राफिक चोकमा नेपाल नियमित रक्तदाता संघ र लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवलको आयोजनामा बृहत्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो । संघले बुटवलमा प्रत्येक महिना रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ  । 

    images
    images
    images

    बुटवलमा रगतको अभाव नहोस भन्दै संघले नेपाल रेडक्रम सोसाईटीको रक्तदाता सञ्चार केन्द्रसँग प्राविधिक सहयोग लिदै अभियान नै सञ्चालन गरेर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारीले बताए ।  

    संघले विभिन्न जिल्लामा शाखा कार्यालय खोलेर गाउँगाउँमा रक्तदानको महत्वको जनचेतना फैलाउँदै समेत आएको उनले बताए । बुटवलको टोलटोलमा पुगेर रक्तदान गर्दै आएको र रक्तदान जीवनदान भन्दै जनचेतना फैलाइरहेको भण्डारीले बताए । बुधबार गरिएको रक्त दान कार्यक्रममा ७७ युनिट रगत संकलन भएको उनले जानकारी दिए । कार्यक्रममा नेपाल प्रहरी र स्थानीयले रक्तदान गरेको बताए । 

    प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्दै सामाजिक कार्यअन्तर्गत रक्तदानको आयोजना गरेको लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवलका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । रक्तदान जीवनदान भएकाले रक्तदानको महत्व रहेको बताए । मानिस स्वस्थ्य रहेको प्रमाण रक्तदान भएको प्रहरी कार्कीले सुनाए ।  

    स्वर्गीय सरोज सिलवासले २०६१ सालमा संस्था स्थापना गर्दै रक्तदानलाई निरन्तरता दिइएको नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवासले बताए ।   तत्कालिन सशस्त्र माओवादी द्धन्दकालमा रगतको अभाव भएपछि संस्थाको स्थापना गरिएको उनले बताउँदै कोरोना कहरमा रगत अभाव देखा परेपछि संघले नियमित रुपमा नै बुटवलमा रक्तदान सञ्चालन गर्न सुरु गरेको जानकारी दिए ।  रुपन्देहीको केही ग्रामीण क्षेत्रमा अझैं रक्तदान गर्दा कमजोर भइन्छ भन्ने मानसिकता रहेको उनले बताउँदै यसलाई चिर्दै गाउँगाउँमा पुगेर रक्तदान कार्यक्रम सञ्चालन गरिएको बताए । हरेक स्वास्थ्य व्यक्तिले ३–३ महिनामा रक्तदान गर्ने सक्ने शिलवासले बताए । 

    संघले बुटवलमा प्रत्येक महिनाको अन्तिम शनिबार रक्तदान सञ्चालन गर्दै आएको कोषाध्यक्ष दिपक अधिकारीले बताए । विभिन्न संघ–संस्थाको सहयोग लिएर रक्तदान सञ्चालन गर्दै आएको उनले बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij