images

शनिवार, बैशाख ८ गते २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार 

images
images
images
शुक्रवार, माघ १४ २०७८
शुक्रवार, माघ १४ २०७८
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार 

    भैरहवा, १४ माघ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यसम्पन्न भएको छ । २०७१ साल माघमा शिलान्यास भएको विमानस्थल आयोजनाको ८ पटक म्याद थप गरेर भौतिक संरचना, सञ्चार उपकरण जडान लगायत सम्पूर्ण काम सम्पन्न गरिएको छ ।

    images
    images
    images

    ‘फिनिसिङका छुटफुट केही सानातिना कामहरु भइरहेका छन्’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले भने, ‘लामो समयको प्रतिक्षापछि विमानस्थल उडानका लागि तयार भएको छ ।’ दुई चरण आईसिबी वान र आईसिबी टू अन्र्तगत सम्पन्न भएको विमानस्थलमा अहिले आईसिबी टू अन्र्तगत नेपाली प्राविधिकहरुलाई तालिम र जडान गरिएको उकरणहरुको प्राविधिक जाँच भइरहेको उनले बताए ।

    airportimmigration.jpg

    विमानस्थल सञ्चालनअघि जडान गरिएको सञ्चार उपकरणहरुको परिक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । जसबाट जडान गरिएका उपकरणहरु ठिक भए/नभएकोबारे रिपोर्ट आउँछ र सोही अनुसार थप प्रक्रियाहरु अघि बढाइनेछ । विमानस्थलमा निर्माणका करिब सम्पूर्ण कार्यसम्पन्न भएकाले परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) को तयारी अवस्थामा रहेको आयोजना प्रमुख अधिकारीले बताए ।

    ‘विमानस्थलको भौतिक संरचना र जडान गरिएको उपकरणको हिसाबले अहिले हामी क्यालिब्रेसन फ्लाइटका लागि तयार छौँ’ प्रमुख अधिकारीले भने, ‘मौसम सुधार भएसँगै फ्लाइट सुरु गर्नका लागि तयारीहरु भइरहेको छ ।’

    क्यालिब्रेसन फ्लाइटका लागि बनाइएको योजना अन्र्तगत विमानस्थलमा जडान गरिएको सञ्चार उपकरणहरुको जाँच गरिने, क्यालिब्रेसन फ्लाइट सुरु गर्ने, उडान भरेको विमानको दुरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षणहरु हुनेछ ।

    सय दिनको योजना अन्र्तगत सबै विमान कम्पनी, भन्सार, प्रहरी, अध्यागमन लगायतलाई विमानस्थलमा अपरेशनको टार्गेट मितिबारे जानकारी गराउने, ग्राउण्ड हेयण्डिलङ, फुड क्याटिरिङ, कार्गो एजेन्सी लगायतलाई आवश्यक तयारीका लागि निर्देशन दिने, क्यान लगायतबाट मानव संसाधनको परिचालन गर्ने बताइएको छ ।

    योजना अनुसार आईसिबी टू अन्र्तगतको ठेक्का पाएको एरो थाई कम्पनीका टोली अहिले विमानस्थलमा आइपुगेका छन् । उक्त टोलीले जडान गरिएको सञ्चार उपकरणहरुको प्राविधिक जाँचहरु गरिरहेको विमानस्थलको आईसिबी टू को योजना प्रमुख प्रदिप न्यौपानेले बताए । उनले अगामी फेब्रअरी महिनाभित्र क्यालिब्रेसन उडान सुरु हुने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij