images

बिहिवार, बैशाख १३ गते २०८१

भैरहवामा क्रिकेट एकेडेमी सञ्चालनमा आउने

भैरहवामा क्रिकेट एकेडेमी सञ्चालनमा आउने

images
images
images
शनिवार, माघ १५ २०७८
शनिवार, माघ १५ २०७८
  • भैरहवामा क्रिकेट  एकेडेमी  सञ्चालनमा आउने

    भैरहवा, १५ माघ । 
    रुपन्देही क्रिकेट संघले क्रिकेट एकेडेमी सञ्चालन गर्ने जनाएको छ । संघले शनिवार भैरहवामा पत्रकार सम्मेलन गर्दै एकेडेमी सञ्चालन गर्नेबारे जानकारी दिएको हो । संघका सचिव संजय गुरुङका अनुसार संघले केही समयभित्र नै एकेडमी सञ्चालनमा ल्याउने छ । गुरुङले एकेडमी सञ्चालनको लागि लुम्बिनी प्रदेश सरकारसंग समन्वय गरिने बताए । एकेडेमीमा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षकमार्फत क्रिकेट सिकाइने बताइएको छ ।

    images

    एकेडमी सञ्चालनको लागि रुपन्देही क्रिकेट संघले समिति समेत निर्माण गरेको छ । संघका अनुसार पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर बसन्त शाहीको संयोजकत्वमा समिति बनाएको हो । 

    त्यस्तै रुपन्देही क्रिकेट संघले यही माघ २७ देखि २९ गतेसम्म तीनदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । संघको नयाँ कार्यसमिति आएपछिको पहिलो कार्यक्रमको रुपमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । 

    त्यस्तै संघले रुपन्देहीमा हरेक बर्ष आयोजना हुने रुपन्देही सुपर लिगलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । रुपन्देही सुपर लिग आगामी फागुन ११ देखि आयोजना हुनेछ ।

    कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरि बहादुर थापाले आफ्नो कार्यकालमा रुपन्देहीको क्रिकेटलाई विकास गर्ने र धेरैभन्दा धेरै क्रिकेट खेलाडी उत्पादन बताए । अध्यक्ष थापाले क्लब, एकेडमी र विद्यालयस्तरीय क्रिकेटलाई संघले विकास गर्दै लैजाने जानकारी दिए ।   

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij