images

मंगलवार, बैशाख २५ गते २०८१

कोभिड–१९ विरुद्ध बुस्टर डोज प्रभावकारी हुने चिकित्सकको भनाइ

कोभिड–१९ विरुद्ध बुस्टर डोज प्रभावकारी हुने चिकित्सकको भनाइ

images
images
images
आइतवार, माघ १६ २०७८
आइतवार, माघ १६ २०७८
  • कोभिड–१९ विरुद्ध बुस्टर डोज प्रभावकारी हुने चिकित्सकको भनाइ

    बुटवल, १६ माघ ।
    रोटरी क्लब अफ बुटवल वर्ष २०२१/२२ को २९ औं र क्लबको १३ सय ९९ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थियो ।

    images
    images
    images

    शनिबारको बैठकमा गेष्ट स्पिकरको रुपमा लुमिबनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. पुष्पराज जोशी सहभागी थिए । उनले कोभिड–१९ विरुद्धको बुस्टर डोज र ओमिक्रोन भेरियन्टको विषयका जानकारी गराएका थिए ।
    बुस्टर डोजबारे फैलाइएका कतिपय विषय भ्रमपूर्ण रहेको भन्दै उनले दोस्रो डोज खोप लगाएको ६ महिनापछि बुस्टर डोज लगाउनुपर्ने र यसले शरीरमा कुनै पनि प्रकारको असर नगर्ने बताए । उनले शरीरमा भएको इम्युनिटीलाई बुस्टर डोजले घटाउँछ भनेर कतिपयले भ्रम फैलाएको भन्दै खोप लगाएर शरीरमा भएको इम्युनिटी नघट्ने बरु कोराना भाइरसविरुद्ध लड्न सघाउ पुग्ने बताए ।

    विदेशका कतिपय मुलुकमा फरकफरक खोप लगाएको समेत पाइएको र अध्ययनका क्रममा त्यो प्रभावकारी पनि देखिएको भन्दै डा. जोशीले तर विश्व स्वास्थ्य संगठनले यसलाई अझै प्रमाणीकरण नगरिसकेकाले नेपालमा पहिले जुन खोप लगाएको हो त्यसपछि पनि सोही खोप नै लगाउनुपर्ने नियम रहेको बताए । उनले ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा कम खतरनाक जस्तो देखिए पनि यो छिटो फैलिने भएकाले धेरैजनामा संक्रमण हुन सक्ने भन्दै यदि त्यो भयो भने मृत्युको संख्या बढ्ने भएकाले ओमिक्रोनलाई पनि कम आँक्न नमिल्ने बताए ।

    उनले लुम्बिनी प्रादेशिक अस्पतालमा विगतमा अक्सिजनका एकसय सिलिण्डर रहेकोमा अहिले १४ सय सिलिण्डर पुगेको जानकारी दिंदै आइसियू र भेन्टिलेटर पनि अब कमी नहुने अवस्था आएको बताए ।

    त्यस अवसरमा रोटरीयनहरु दीपक प्रसाद श्रेष्ठ, डिल्ली कुमार श्रेष्ठ, पुरनप्रसाद श्रेष्ठ, बोनिन पिया, डा. मनोहर जोशी, आमोद सिमांगैडा लगायतले विभिन्न जिज्ञासा एवं सुझाव दिएका थिए ।

    क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायाको अध्यक्षतामा आयोजित भर्चुअल बैठकमा सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने बासुदेव अर्याल, यदुनाथ पाण्डे लगायतले पनि आफ्नो धारणा राखेका थिए । बैठकमा रोट¥याक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसका अध्यक्ष बरुण ज्ञवाली र कार्यक्रम संयोजक दिपक पाण्डेले भ्यालेन्टाईन डे का दिन क्लवलवे आयोजना गर्न लागेको कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij