२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

१ लाख नगद सहित १२ जुवाडे पक्राउ

शनिवार , कार्तिक १, २०७७

  • 5.7K
    Shares
  • 5.7K
    Shares
  • बुटवल, १ कार्तिक । दशैं तिहार जस्ता चाडपर्व नजिकिएसँगै जुवाडेहरु सक्रिय हुन थालेका छन । चाडवाडका नाममा जुवा तास खेल्ने र धन सम्पत्ती स्वाहा पार्ने प्रबृतिलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ । 

    यसैक्रममा ईलाका प्रहरी कार्यालय, बुटवलले एकैदिन दुई ठाउँमा छापामारी १ लाख नगद रकमसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ सुख्खानगरबाट तास खेलिरहेको अवस्थामा ६५ हजार नगद सहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । 

    त्यसैगरी प्रहरीले बुटवलको मैनाबगरमा रहेको लुम्बिनी स्टाफ होटलबाट तास खेलिरहेका ७ जना जुवाडेलाई नगद ४५ हजार सहित पक्राउ गरेको छ । पक्राउ परेका जुवाडेहरूलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । 

    बुटवलमा पछिल्लो समय पेशेवर रूपमा जुवातास खेलाउने र खेल्ने गरेको सुचना पाएंको प्रहरीले यसलाई नियन्त्रण गर्न बुटवलमा सादा पोशाकमा प्रहरी परिचालन गरेर निगरानी गदै आएको छ ।