images

मंगलवार, बैशाख २५ गते २०८१

गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा हटाउन मन्त्री आलेको निर्देशन

गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा हटाउन मन्त्री आलेको निर्देशन

images
images
images
आइतवार, माघ १६ २०७८
आइतवार, माघ १६ २०७८
  • गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा हटाउन मन्त्री आलेको निर्देशन

    काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका छन् । 

    images
    images
    images

    आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, बनकाली, गुहेश्वरी लगाएतका क्षेत्रमा पुगेका थिए ।

    सो क्रममा उहाले पशुपति क्षेत्र भित्र निकै बिकृति देखिएको बताए । पशुपति बिकास कोषका यसअघिका पदाधिकारीहरुले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अव यसलाई सुधार गर्ने प्रतिवद्धता जनाए ।

    उनले पशुपतिमा फूल, रुद्राक्ष बिक्रिका लागि छुट्टै स्थान बनाएपनि धर्मावलम्वीलाई अप्ठेरो हुनेगरि सडकमा नै फूलमाला बिक्रि गरिएको पाइएकोले यसलाई पनि व्यवस्थीत गरिने बताए । उनले पशुपति क्षेत्रमा निशुल्क गाई पालनका लागि स्थान दिइएको प्रतिपनि आपत्ती जनाए ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij