images

मंगलवार, बैशाख २५ गते २०८१

मोटरसाइकल चोरीको विषयमा प्रेस चौतारीले गरायो ध्यानाकर्षण

मोटरसाइकल चोरीको विषयमा प्रेस चौतारीले गरायो ध्यानाकर्षण

images
images
images
आइतवार, माघ १६ २०७८
आइतवार, माघ १६ २०७८
  • मोटरसाइकल चोरीको विषयमा प्रेस चौतारीले गरायो ध्यानाकर्षण

    बुटवल, १६ माघ ।
    प्रेस चौतारी नेपाल, रुपन्देहीले पत्रकार गोविन्द घर्तीको मोटरसाइकल हराएको विषयमा ईलाका प्रहरी कार्यालय बुटवलमा ध्यानाकर्षण गराएको छ । पत्रकार घर्तीको यही माघ ३ गते बुटवलस्थित अस्पताललाइनबाट मोटरसाईकल चोरी भएको थियो ।

    images
    images
    images

    मोटरसाइकल चोरी भएको लामो समयसम्म पनि नभेट्टिएपछि प्रेस चौतारीले प्रहरीलाई खोजी कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्दै ध्यानाकर्षण गराएको हो । चौतारीका केन्द्रीय सचिव भरत केसीको नेतृत्वमा प्रहरी कार्यालय पुगेको टोलीले ईप्रका बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई यो विषयमा ध्यानाकर्षण गराएको जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

    सो अवसरमा डिएसपी केसीले खोजी कार्य जारी रहेको बताउँदै घटनास्थलमा समेट्ने गरी कुनै सिसिटिभी फुटेज नभएकोले समस्या भएको बताए । उनले आफू आएपछि मोटरसाइकल चोरीका घटनामा संग्लन केही अभियुक्तहरुलाई पक्राउ गरिएको बताउँदै पत्रकार घर्तीको मोटरसाइकल खोजी कार्यलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

    प्रेस चौतारीका जिल्ला अध्यक्ष पौडेलले दिनदहाडै बुटवलको मुटु अस्पताललाइनबाट मोटरसाइकल चोरी हुनुले सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएको बताउँदै यो विषयलाई प्रहरी प्रशासनले गम्भिरताको साथ लिनुपर्ने बताए । प्रहरी कार्यालयमा प्रेस चौतारीका केन्द्रीय सदस्य युवराज पाण्डेय, अमृत गिरी, रुपन्देहीजिल्ला उपाध्यक्ष बीपी गौतमलगायत कार्यसमितिको टिम पुगेको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij