images

मंगलवार, बैशाख २५ गते २०८१

जन्मोत्सवमा खर्च हुने रकम समाजसेवामा 

जन्मोत्सवमा खर्च हुने रकम समाजसेवामा 

images
images
images
आइतवार, माघ १६ २०७८
आइतवार, माघ १६ २०७८
  • जन्मोत्सवमा खर्च हुने रकम समाजसेवामा 

    बुटवल, १६ माघ  । 
    पछिल्लो समय जन्मोत्सव धुमधामका साथग मनाउने प्रचलन बढ्दै गएको छ । तर केही व्यक्तिहरु भने जन्मोत्सवको खर्च असहाय दिनदुःखीको सेवामा पनि खर्च गर्ने गरेका छन् । त्यसैको गत्तिलो उदाहरण हुन बुटवल–बेलावासका माधव लोहनी । लोहनीले विगत ६ वर्षदेखि आफ्नो जन्मोत्सवमा खर्च हुने रकम समाजसेवामा खर्चिदै आएका छन् । 

    images
    images
    images

    मायादेवी जनजागृति आधारभूत विद्यालयमा अध्यापनरत लोहनीले आइतबार पनि आफ्नो जन्मोत्सवको खर्च रकम बुटवल–२ पाखापनीस्थित श्री दुर्गा भवानी शिवकुमारी सैँजु बृद्धाआश्रममा सहयोग गरेका छन् । नेपाल रेडक्रस सोसाइटी मुणिमुकुन्द उपशाखाका सदस्य समेत रहेका उनले हरेक वर्ष आफ्नो जन्मोत्सव असहाय, दिनदुःखीहरुसंगै मनाउँदै आएको बताए । ‘मेरो जन्मोत्सवमा म खुशी भएर के गर्नु, उनले भने, खुशी नभएकाहरुलाई खुशी पाउनुपर्छ भन्ने मनसायले मैले विगत ६ वर्षदेखि आफ्नो जन्मोत्सवमा यो कार्य गर्दै आएको छु ।’

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij