२०८२, कार्तिक १८ गते

Nov 04 2025 | २०८२, कार्तिक १८ गते

रोटरी क्लव अफ बुटवलको १३३४ औं बैठक

सामाजिक कामले पब्लिक इमेज बढ्दै

शनिवार , कार्तिक १, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • बुटवल, १ कार्तिक ।
    रोटरी क्लब अफ बुटवलको १३३४ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकमा डिष्ट्रिक पब्लिक इमेज कमिटीका चेअर रवि बराल गेष्ट स्पीकरका रुपमा सहभागि भएका थिए ।

    सो अवसरमा बोल्दै उनले अन्तर्राष्ट्रियस्तरमै रोटरी काम गर्ने मानिसहरुको संस्थाको रुपमा स्थापित भएको भन्दै जसले गर्दा रोटरीको इमेज राम्रो बनेको बताए । रोटरीप्रति समाजको जस्तो धारणा हुन्छ, रोटरीको इमेज त्यस्तै हुने भन्दै बरालले पव्लिब इमेजलाई अझै बढाउन सके रोटरीप्रति सदस्यहरुको आकर्षण बढाउन सकिने बताए ।

    समाजमा केही गरौं भन्ने चाहना हुँदा रोटरी क्लबको आदर्श मूल्य र मान्यता हेर्दा यसबाट केही गर्न सकिन्छ भन्ने भावनाको विकास रोटरी क्लवले गराउनु जरुरी रहेको उनको भनाइ छ । उनले पव्लिक इमेज बढाउने गरी काम गर्न र समाजको मन जित्न रोटरी क्लव अफ बुटवललाई सुझाव दिए ।

    क्लबका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भर्चुअलरुपमा आयोजित बैठकमा सचिव रोम शर्माले अघिल्लो बैठकले गरेका निर्णयहरुका बारेमा जानकारी गराएका थिए । बैठकमा रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष डा. नारायण पन्थ, क्लवका सह–सचिव शिव ज्ञवाली, अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, सृष्टि गुरुङ लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।