२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

‘भर्चुअल दशैं शुभकामना उपयुक्त’

शनिवार , कार्तिक १, २०७७

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • बुटवल, १ कार्तिक ।
    कोभिड–१९ को महामारीको बेला भर्चुअल दशै शुभकामना उपयुक्त हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४६ नियमित बैठकमा बोल्ने बक्ताहरुले कोभिड संक्रमण बढ्दै गएको बेला घरमै सिमित रहेर दशैतिहार जस्ता पर्वहरु मनाउनुपर्ने सुझाव दिएका छन । 

    असत्यमाथि सत्यको विजय प्राप्त गरेको दिनका रुपमा हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशंै, छठ पर्वलाई यो वर्ष सामान्य रुपमा मनाउन सके जोखिम कम हुने अध्यक्ष गोपाल ज्ञवालीले बताए । ‘आफु भन्दा ठुलाबाट आशिर्वाद लिने परम्पराका रुपमा रहेको यो पर्वलाई भर्चुअल रुपमा मनाऔ, उनले भने ।’ 

    कार्यक्रममा पुर्वअध्यक्ष नवीन श्रेष्ठ, निवर्तमान अध्यक्ष बालकृष्ण अर्याल, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य केशव कुंवरले शुभकामना दिएका थिए । 

    यसैबीच क्लबले मदर क्लब जावलाखेल मन्जुश्रीबीच भर्चुअल बैठक सम्पन्न भएको सचिव दिपक भट्टराईले बताए ।