२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

रुपन्देहीमा शनिबार थपिए १५८ जना कोरोना संक्रमित 

शनिवार , कार्तिक १, २०७७

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, १ कार्तिक ।
    रुपन्देहीमा शनिबार थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ६५ महिला र ९३ जना पुरुष रहेका छन् ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार शनिबार बुटवल उपमहानगरपालिकाका ४५, सिद्धार्थनगर नगरपालिकाका ३९, तिलोत्तमा नगरपालिकाका ५०, कोटहीमाई गाउँपालिकाका ३, सियारी गाउँपालिकाका ५, सैनामैना नगरपालिकाका ३, देवदह नगरपालिकाका ५, ओमसतिया गाउँपालिकाका ३, मायादेवी गाउँपालिकाका १ र रोहिणी गाउँपालिकाका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

    योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ६ सय ८६ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए । 

    जिल्लामा हालसम्म २ हजार ८ सय २९ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित १ हजार ८ सय १० जना उपचाररत छन् । त्यस्तै जिल्लामा हालसम्म ४८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।