२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राप्रपा अध्यक्ष कमल थापाको स्वास्थ्य सुधारोन्मुख

शनिवार , कार्तिक १, २०७७

काठमाडौं, १ कार्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जानकारी दिएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाको स्वास्थ्यमा सुधार हुँदै गएको उनी उपचाररत ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले जानकारी दिएको हो ।

गत बुधबार अध्यक्ष थापालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । ज्वरोको लक्षण देखिएपछि पीसीआर गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी होम आइसोलेसनमा बसेका थिए । 

तर स्वास्थ्यमा थप समस्या देखिएपछि उनी शुक्रबार ओम अस्पतालमा भर्ना भएका थिए । अस्पतालका अनुसार थापालाई सघन उपचार कक्ष (आइसीयु)मा राखेर उपचार भइरहेको छ । थापाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुवोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश कुमार श्रेष्ठ लगायतको टोली संलग्न रहेको छ ।

उनको ज्वरो नियन्त्रणमा रहेको र श्वासप्रश्वासमा पनि समस्या नरहेको जानकारी अस्पतालले दिएको छ ।