२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

प्रेस चौतारी नेपालको स्थापना दिवसमा भैरहवामा स्वास्थ्य सचेतना कार्यक्रम

शनिवार , माघ २२, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २२ माघ ।
    प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा शनिबार भैरहवामा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ । स्थापना दिवस रुपन्देही शाखाले जिल्लाका विभिन्न पालिकाहरुमा स्वास्थ्य सचेतना कार्यक्रम गरी मनाउने कार्यक्रम अनुसार भैरहवामा स्वास्थ्य सचेतना स्वरुप सडकमा हिड्दा मास्क नलगाउने व्यक्तिहरुलाई मास्क प्रदान गरिएको हो ।

    भैरहवास्थित मिलनचोकमा पैदलयात्रु, सवारीचालक तथा यात्रुहरुलाई मास्क वितरण गरिएको प्रेस चौतारी नेपाल रुपन्देही सह–सचिव रबिन्द्र प्रताप गुप्ताले बताए ।

    प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य कुलमणि ज्ञवालीले मास्क हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ कार्यक्रम गरेका थिए । सो अवसरमा बोल्दै ज्ञवालीले कोभिड–१९ संक्रमणबाट बच्न र बचाउन सञ्चार माध्यमबाट पनि सचेतना फैलाउनुपर्ने बताए । 

    IMG_1724.JPG

    कार्यक्रममा प्रेस चौतारी नेपाल रुपन्देहीका पूर्व उपाध्यक्ष अरुण ज्ञवाली, कार्यसमिति सदस्य मोहम्मद हबिब, पत्रकार दीपेश पछाई, शशि पन्थी, महेश गुप्ता, श्री रायमाझी, आयुश अधिकारी, भीम भण्डारी, सचिन्द्र तुलाधर लगायतको उपस्थिति रहेको थियो । 

    स्थापना दिवसको अवसरमा बुटवल, सैनामैनामा पनि स्वास्थ्य सचेतना कार्यक्रम गरिएको प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।