२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

इप्रका धकधईलाई खानेपानी प्रदान

बुधवार , श्रावण ७, २०७७

  • 5.7K
    Shares
  • 5.7K
    Shares

  • भैरहवा, ७ साउन ।
    युवा व्यवसायी तथा पीबी सप्लायर्स भैरहवाका सञ्चालक पिन्टु वनियाले इलाका प्रहरी कार्यालय धकधई, रुपन्देहीलाई खानेपानी (मिनरल वाटर) उपलब्ध गराएका छन । 

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई मध्यनजर गर्दै बोटलर्स नेपालको सहयोगमा इप्रका धकधईलाई खानेपानी उपलब्ध गराएको वनियाले बताए । उनले इप्रका धकधईका प्रमुख हरि रानालाई बुधबार खानेपानी (मिनरल वाटर)का बोतल हस्तान्तरण गरे ।

    लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका सह–कोषाध्यक्ष समेत रहेका वनियाले यस अघि जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल रुपन्देही र भीम अस्पताललाई खानेपानी र पेयपदार्थ (कोकाकोला(फेन्टा) उपलब्ध गराइसकेका छन् ।