२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

समाचार प्रभाव : मालपोत कार्यालय मझगावामा राजस्व दाखिला बैंकमार्फत

बुधवार , माघ २६, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, २६ माघ ।
    मालपोत कार्यालय मझगावा, रुपन्देहीको विषयमा गत माघ १८ गते ‘राती अबेरसम्म खुल्छ मालपोत कार्यालय मझगावा, सेटिङमा काम गर्ने गरेको खुलासा’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि सेवा दस्तुर तथा राजस्व दाखिला गर्ने प्रणाली बदलिएको छ । मालपोत कार्यालयबारे खबरपात्रो डट कम मा समाचार प्रकाशित भएपछि कार्यालयले लिने विभिन्न दस्तुर तथा राजस्व बैंक माध्यमबाट लिने जनाएको छ । माघ २४ गते सोमबार सुचना जारी गर्दै उक्त विषयबारे जानकारी गराएको हो ।

    सूचनामा ‘यस कार्यालयबाट गरिने लिखत पारित, नामसारी, दा.खा. पुर्जा प्रिन्ट लगायत कार्यहरुको लागि सेवाग्राहीसँग रकम माग्ने, अनावश्यक दुःख दिने जस्ता कार्यहरु भएको भनी सञ्चार माध्यमहरुबाट गुनासो प्राप्त भएकोले यस कार्यालयबाट हुने कुनै पनि सार्वजनिक सेवाको लागि सेवा शुल्क र राजस्वबाहेक कुनै पनि रकम कार्यालयका कर्मचारी, लेखापढी व्यवसायीहरुलाई नदिन हुन तथा राजस्व रकम समेत बैंक दाखिला गरी बैंक भौचर पेश गरी सेवा लिनुहुन अनुरोध छ, ’उल्लेख गरिएको छ । 

    त्यस्तै कर्मचारी तथा लेखापढी व्यवसायले थप रकम मागेमा तुरुन्त कार्यालय प्रमुख समक्ष गुनासो गर्नहुन सुचित गरिन्छ । पुनश्चः सार्वजनिक सेवा प्रवाहमा लाग्ने राजस्व सेवा शुल्कबाहेक कुनै रकम लिएको प्रमाणित भएमा कर्मचारी तथा लेखापढी व्यवसायीहरुलाई कानूनबमोजिम कडा कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।