२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

धकधईमा मल्टिप्रोडक्ट प्रा.लि. संचालनमा

सोमवार , कार्तिक ३, २०७७

धकधई, ३ कार्तिक ।
रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई रुपन्देहीमा रेम्बो मल्टिप्रोडक्ट प्रा.लि. सोमबारदेखि संचालनमा आएको छ । प्रा.लि.को रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले उद्घाटन गर्दै यस्ता उद्योगबाट स्थानीय तथा राष्ट्रिय आवश्यकताका वस्तुहरुको पुर्ति भई आर्थिक विकासमा सहयोग पुग्ने बताए ।

२५ लाखको लगानीमा सुरु गरिएको उद्योगमा हैण्डवास, ट्वालेट क्लीनर, फिनाइल, डिस क्लीनर लगायत विभिन्न किसिमका सरसफाईका समानहरु उत्पादन सुरु भएको प्रा.लि.का संचालक अनिल प्रसाद यादवले बताए । पाँच जनाको संयुक्त लगानीमा संचालन गरिएको उद्योगको उत्पादन सुरुमा लुम्विनी प्रदेशमा बजार विस्तार गर्ने र पछि मुलुकभरी नै पु¥याउने लक्ष्य रहेको अर्का संचालक देवेन्द्र यादवले बताए ।