२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लुम्बिनी प्रदेश सरकारद्वारा चाडपर्व लक्षित सडक सुरक्षा विशेष रणनीति लागु 

मंगलवार , कार्तिक ४, २०७७

बुटवल, ४ कार्तिक ।

लुम्बिनी प्रदेश सरकारले चाडपर्व लक्षित सडक सुरक्षा बिशेष रणनितीक योजना तयार गरी तत्काल लागु गर्ने निर्णय गरेको छ । नजिकिँदै गरेको दशैं तिहार जस्ता चाड पर्वमा हुन सक्ने सवारी दुर्घटना लगाएतका घटनाबाट हुने धनजनको क्षति न्यूनिकरण गर्ने उद्देश्यले सडक सुरक्षा बिशेष रणनिती अपनाइएको प्रदेश सरकारले जनाएको छ । 

नजिकिँदै गरेको दशैं तिहार जस्ता चाड पर्वमा हुन सक्ने सवारी दुर्घटना लगाएतका घटनाबाट हुने धनजनको क्षति न्यूनिकरण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले सडक सुरक्षा बिशेष रणनिती अपनाउने भएको हो । सरोकारवाला पक्षसँगको छलफल गरि सडक दुर्घटनाबाट हुने मानविय क्षति सुन्यमा झार्ने र सवारी दुर्घटना न्यूनिकरण गर्न आवश्यक पर्ने सबै संयन्त्रहरु परिचालन गर्ने निर्णय गरिएको भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले बताए । 

भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको सर्वपक्षिय छलफल कार्यक्रममा उक्त बिशेष रणनिती सफल पार्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रबिलाल पन्थको संयोजकत्वमा विशेष अनुगमन समिति निर्माण गरेको छ । बिशेष अनुगमन समितिले कोभिड १९ को समस्यालाई समेत ध्यानमा राखेर सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै सो बिशेष रणनीति कार्यान्वयन गर्न गराउन तदारुकता देखाउने मन्त्री चौधरीले बताए ।  

चाडपर्वका बेला सवारी साधन र यात्रुको भिडभाड बढ्न सक्ने, भिडभाड कारण कोभिडको संक्रमण पनि बढ्न सक्ने भएकोले जनस्वास्थ्य मापदण्ड समेत परिपालना गराउनु पर्ने आवश्यक देखिएकोले बिशेष रणनिति अपनाउनु परेको प्रदेश सरकारले जनाएको छ । बिशेष रणनिति अन्तर्गत तत्काल सडकहरु मर्मत गर्ने, ट्राफिक नियम कडाईका साथ लागु गर्ने, यातायातका साधनहरु सहजताका उपलब्ध गराउने लगाएतका बिभिन्न निर्णयहरु गरिएको छ । 

sixlane.jpg

सडकको दुरावस्था र अधिक दुर्घटना हुने प्रदेशमा ३ स्थान नवलपरासीको दाउन्ने क्षेत्र, बुटवलको सिद्धबाबा क्षेत्र र कपिलबस्तुको धानखोला क्षेत्रमा बिशेष ध्यान दिने उद्देश्यले बिशेष किसिमको निगरानी र बजेट समेत छुट्टाइएको मन्त्रालयले जनाएको छ ।