images
images

आइतवार, जेठ ६ गते २०८१

‘चीनले नेपाली भूमि अतिक्रमण सम्बन्धमा सरकार मौन बस्नुहुँदैन’

‘चीनले नेपाली भूमि अतिक्रमण सम्बन्धमा सरकार मौन बस्नुहुँदैन’

images
images
images
मंगलवार, फाल्गुण ३ २०७८
मंगलवार, फाल्गुण ३ २०७८
  • ‘चीनले नेपाली भूमि अतिक्रमण सम्बन्धमा सरकार मौन बस्नुहुँदैन’

    भैरहवा, ३ फागुन ।
    चीनले नेपालको भूमि अतिक्रमण गरेकोप्रति नेपाल सरकार मौन किन भन्दै नागरिक समाजका अगुवाहरुले प्रश्न गरेका छन् । उनीहरुले नेपालका विभिन्न भुभाग अतिक्रमणमा परेकोले यसप्रति सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images

    नागरिक समाज, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको चीनद्वारा नेपालको भूमि अतिक्रमण सम्बन्धमा नेपाल सरकार मौन किन ? विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अगुवाहरुले भूमि अतिक्रमण जुनुसकै मुलुकले गरे पनि त्यो गलत भएको बताए । भारतले सीमा अतिक्रमण गर्दा चर्को आवाज उठाउने तर चीनले भूमि अतिक्रमण गर्दा चुप लागेर बस्ने प्रवृत्ति ठीक नभएको बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले राष्ट्रियताको सवालमा सबै एकजुट हुनुपर्ने बताए । उनले भने, ‘भारतले सीमा अतिक्रमण गर्दा बोल्छौ, त्यो ठीक छ तर चीनले अतिक्रमण गर्दा पनि त्यसकाविरुद्ध आवाज उठाउनुपर्छ ।’ नेता गुल्जारीले नेपालले भारत र चीन दुवैसंग राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने बताए । 

    त्यस्तै नेता तथा सामाजिक अगुवा राजेन्द्र गुप्ताले सत्यको पक्षमा आवाज बोल्नुपर्ने बताए । उनले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा आवाज उठाउनुपर्नेमा जोड दिए । उनले भने, ‘कुनै पनि मुलुकले कुनै पनि बहानामा भूमि अतिक्रमण गर्नु कदापी राम्रो हुँदैन ।’

    समाजसेवी आनन्द प्रसाद गुप्ताले सीमा अतिक्रमणका विषयमा राजनीतिक दलका नेता तथा सरकार गम्भिर हुनुपर्ने बताए । उनले जनता जागरुक हुनुपर्नेमा जोड दिए । युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)ले सीमा अतिक्रमण गलत कार्य भएको बताए । उनले भने, ‘भारतले नेपालको भूमि अतिक्रमण गर्दा बोल्छौं, त्यस्तै चीनले समेत अतिक्रमण गर्दा बोल्नुपर्छ, जसले अतिक्रमण गरे पनि बेठिक हो । ’

    नागरिक अगुवा अखिलेन्द्र पाण्डेले चीनले सीमा अतिक्रमण गर्दा आवाज उठाउनुपर्ने बताए । त्यस्तै विश्वनाथ रायले सीमा विवाद समाधान गर्न सरकारसंग आग्रह गरे । समाजसेवी प्रेमनाथ शुक्ला, सरिता श्रीवास्तवले भूमि अतिक्रमणविरुद्ध आवाज उठाउनुपर्ने बताए ।  राजेन्द्र गुप्ताको अध्यक्षता, ओमप्रकाश यादव (गुल्जारी)को प्रमुख आतिथ्यता तथा महेन्द्र गुप्ता (प्रशान्त)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij