
मंगलवार , कार्तिक ४, २०७७
अमेरिका, ४ कार्तिक ।
नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले काठमाण्डौं जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा कोरोना महामारीवाट प्रभावित भएकाहरुलाई सहयोग गर्नका लागि ९ लाख ७५ हजार राहत रकम उपलब्ध गराएका छन् ।
उनले त्यस निर्वाचन क्षेत्रमा पर्ने सबै वडाहरुलाई ७५ हजारका दरले राहत रकम उपलब्ध गराएका हुन् । यस क्षेत्रमा १३ वटा वडा रहेको छ । अमेरिकामा व्यापार व्यवसायमा समेत संलग्न भण्डारी काठमाण्डौं क्षेत्र नम्बर ३ वाटैं कांग्रेसका महासमिति सदस्य हुन् ।
सोमबार आयोजित एक कार्यक्रममा कांग्रेस काठमाण्डौं क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे लगायत त्यस क्षेत्रका पदाधिकारीहरुको भेलाले कांग्रेस वडाका इकाई सभापतिमार्फत सो राहत हस्तान्तरण गरिएको हो ।
भण्डारीले अहिले कोभिडका कारण अप्ठ्यारोमा परेका विपन्न व्यक्तिहरुलाई केही भएपनि राहत हुन सकोस् भनेर आफूले सहयोग उपलब्ध गराएको बताए । भण्डारीले भूकम्पको चपेटामा परेका बेला पनि सहयोगी हात अघि बढाएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij