२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

स्वास्थ्य समाचार

भीम अस्पतालमा सम्पुर्ण स्वास्थ्य सेवा सुचारु  

बुधवार , श्रावण ७, २०७७

  • 12.4K
    Shares
  • 12.4K
    Shares
  • भैरहवा ७ साउन । भैरहवा स्थित भीम अस्पतालमा पुनः सम्पुर्ण स्वास्थ्य सेवा सुचारु गरिएको छ । कोभिड १९ का कारण प्रदेश ५ सरकारले कोभिड १९ बिशेष अस्पतालको रुपमा सञ्चालन गर्दै अस्पतालमा आज देखि पुरानै अबस्थामा लगेर स्वास्थ्य सेवा सञ्चालन गरिएको छ । 

    प्रदेशमा कोभिडका बिरामी घटेको र अस्पतालमा कोभिडका बिरामी शुन्य भएकाले अन्य स्वास्थ्य सेवा सुचारु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. नविन दर्नालले जानकारी दिए ।  

    IMG_5772.JPG

    अस्पतालमा बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, प्रसुती सेवा, सामान्य चिकित्सा, मातृ शिशु, थाईराईड जाँच सहितको प्रयोगशाला, खोप, पोषण, परिवार नियोजन, एक्सरे, ई.सि.जी., यु.एस.जी. लगाएतका अस्पतालले यस अघि प्रदान गर्दै आएका सम्पुर्ण सेवाहरु सुचारु गरिएको मेसु दर्नालले जानकारी दिए । 

    अस्पतालमा उपचार सुरु भएसंगै बिरामीको भिड लागेको छ । स्थापना कालमा ३ शैया बेडबाट सुरु भएको अस्पताल २०३५ सालमा १५ शैया र र २०४१ सालबाट २५ शैया बेडको सुबिधा प्रदान गर्दै आएको अस्पतालमा अहिले ६० सैयामा उपचार गरिरहेको छ । 

    ९६ जना कोभिड संक्रमितको सफल उपचार 
    नेपालमा कोभिड १९ को संक्रमण देखिएपछि कोभिड अस्पताल बनाई उपचार शुरु गरेको भीम अस्पतालले ९६ जनाको सफल उपचार पछि घर पठाएको छ । 

    प्रदेश ५ सरकारको सामाजिक बिकास मन्त्रालय अन्तरगत रहेको भीम अस्पतालले कोरोनाको संक्रमण देखिएर उपचारमा आएका सबै बिरामीको सफल उपचार गरी घर पठाईएको अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए । 

    कोभिडको संक्रमण देखिएका मध्य केहि व्यक्तिमा लक्षण नदेखिएको भएपनि केहि व्यक्तिमा भने ज्वरो, उच्च रत्तचाप, मधुमेह र दमका बिरामी रहेकोमा उनीहरुलाई उपचार गरी निको बनाईएको उपाध्यायले जानकारी दिए । 

    भीम अस्पतालमा रुपन्देही, कपिलबस्तु, नवलपरासी र पाल्पाबाट कोभिडका बिरामी आएका थिए । भीममा अहिले कोभिडका बिरामी नरहेको बताउदै सुचना अधिकारी उपाध्यायले कोभिडका बिरामी आए उनीहरुलाई पनि छुट्टै व्यवस्थापन गरेर उपचार गरिने गरी अन्य सेवा सुचारु गरिएको बताए ।