२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

प्रजातन्त्र दिवसको अवसरमा जेसीआई सिद्धार्थद्वारा दीप प्रज्जवलन

शनिवार , फाल्गुण ७, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ७ फागुन ।
    ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर जेसीआई सिद्धार्थ, नेपालले शनिबार भैरहवामा दीप प्रज्जवलन गरेको छ । वर्ष २०२२ को तेस्रो कार्यक्रम अन्तर्गत भैरहवास्थित देवकोटाचोकमा दीप प्रज्जवलन गरिएको कार्यक्रम संयोजक भीम बहादुर थापाले बताए ।

    जेसीआई सिद्धार्थ वर्ष २०२२ का अध्यक्ष कमल जि.सी.को अध्यक्षता तथा जेसीआई  सिद्धार्थ नेपाल वर्ष १९९६ का अध्यक्ष एवं नेपाली कांग्रेस रुपन्देहीका पूर्व उपसभापति  विजय शर्मा ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कोषाध्यक्ष सागर पोख्रेलले बताए ।

    273832354_480576916965286_4525277116398476170_n.jpg

    जेसीआई सिद्धार्थ वर्ष २०२२ का निर्देशक प्रमोद रिजालको सञ्चालन तथा सिद्वान्त खनालको आस्था पाठमा सम्पन्न कार्यक्रममा कार्यक्रममा जेसीआई सिद्धार्थ नेपालका पूर्व अध्यक्ष, साधारण सदस्य, पर्यवेक्षक सदस्य, पदाधिकारी लगायतको उपस्थिति रहेको महासचिव लोकमणि भट्टराई जानकारी दिए ।