२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

विवेक र मनोजको जोडीलाई ‘लाफा’ बि लेभल ब्याडमिन्टन प्रतियोगिताको उपाधि

आइतवार , फाल्गुण ८, २०७८

बुटवल, ८ फागुन ।
लाफा समूहको आयोजनामा बुटवलमा सम्पन्न ‘लाफा’ मेन्स डबल्स खुल्ला बि लेभल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता २०७८ को मेन्स डबल्स उपाधि आयोजक लाफाकै विवेक न्यौपाने र मनोज फौदारको जोडीले हात पारेका छन् । सुख्खानगरस्थित लाफा कबर्ड हलमा आइतबार राती अबेर सम्पन्न खेलमा बुटवल ब्याडमिन्टन क्लबका गणेश रायमाझी र विधान गुरुङको जोडीलाई २६–२४, २१–१९ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । 

विजेता न्यौपाने र फौदारको जोडीले नगद ३५ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । उपविजेता रायमाझी र गुरुङको जोडीले नगद २० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन । खेलमा लाफा समुहका सुशिल गिरि र बिन्जन बस्नेतको जोडी तथा दाङका हिमान्सु कुवर र सुरज गुप्ताको जोडी तृतीय हँुदै नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन । 

भेट्रान्सतर्फको उपाधि (बुटवल ब्याडमिन्टन) का विरेन्द्रसिंह बिष्ट र अनिल लाखेको जोडीले हात पारेका छन । फाइनलमा (एमजी क्लब) का बसन्त घर्तीमगर र पुरन रानामगरको जोडीलाई २१–१७, २१–१४ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका छन ।

उपाधिसंगै उनिहरुले नगद २५ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता चर्तीमगर र रानामगरको जोडीले नगद १५ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा (तामनगर ब्याडमिन्टन क्लब) का मधु पुलामी र अनिल कुमार शाक्यको जोडी तथा गल्याङ ब्याडमिन्टन क्लबका मन बहादुर थापा र खग्रेन्द्र रेगामीको जोडी तृतीय हुँदै नगद १० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन । लाफाका मनोज फौदार प्रतियोगितामा सर्वोत्कृट खेलाडी घोषित हुदै पुरस्कृत भए ।

एक समारोहकाबीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नारायण बहादुर घिमिरे, समूहका अध्यक्ष तारा रेश्मीमगर, क्लबका संरक्षक बासुदेव लामिछाने, उपाध्यक्ष बबिन थापा, निवर्तमान अध्यक्ष केशव रानाले पुरस्कार वितरण गरेका छन् । 

प्रतियोगितामा लुम्बिनी प्रदेशसहित चितवन, मनाङ, स्याङ्जा, बाग्लुङ र दाङका गरी खुल्लातर्फ ६४ र भेट्रानतर्फ ३२ टिमले भाग लिएको संयोजक सुरज थापाले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ खर्च भएको आयोजकको अनुमान छ । लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको छ ।