२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

रुपन्देहीमा हालसम्म ३ हजार १९ जना कोरोनामुक्त

बुधवार , कार्तिक ५, २०७७

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ५ कार्तिक ।
    रुपन्देहीमा हालसम्म ३ हजार १९ जना कोरोनामुक्त भएका छन् । बुधबार सांझसम्म कोरोनाबाट निको हुनेको संख्या ३ हजार १९ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए । त्यस्तै उपचारमा रहेका संक्रमितको संख्या २ हजार २ सय ६९ रहेको गुप्ताले जानकारी दिए ।

    जिल्लामा बुधबार थप १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिकाका ८०, सिद्धार्थनगर नगरपालिकाका २३, तिलोत्तमा नगरपालिकाका ३८, देवदह नगरपालिकाका १२, कोटहीमाई गाउँपालिकाका १२, सैनामैना नगरपालिकाका १४, रोहिणी गाउँपालिकाका २, ओमसतिया गाउँपालिकाका ३, शुद्धोधन, सियारी र कञ्चन गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो संगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ४७ पुगेको छ । त्यसै गरी जिल्लामा हालसम्म ५९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।