२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट : देवदह डिभिजन ‘ए’ मा

सोमवार , फाल्गुण ९, २०७८

भैरहवा, ९ फागुन ।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको सोमबारको खेल देवदह क्रिकेट युनिटले जितेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ‘बी’ अन्तर्गतको खेलमा लुम्बिनी शाक्यानलाई ३६ रनले पराजित गर्दै विजयी हासिल गरेको हो । जितसँगै देवदह डिभिजन ‘ए’ मा उक्लेको छ । 

निर्धारित ५० ओभरको खेलमा सुरुवाती ब्याटिङ पाएकोे देवदहले सबै विकेट गुमाउँदै ३३ दशमलव २ ओभरमा १३६ रन बनाएको थियो । जसका लागि विनित कार्कीले सर्वाधिक ५८, सुमनराज पाण्डेले २२ र अस्फाक खानले १३ रनको योगदान गरे । बलिङमा लुम्बिनी शाक्यानका धुरूपचन्द कुर्मीले ४, मनुवर आलम खान र अख्तर हुसेनले २/२ विकेट लिए ।  

१३७ रनको लक्ष्य पाएको लुम्बिनी शाक्यानले २१ ओभरमा सबै विकेट गुमाई १०० रनमै समेटियो । लुम्बिनी शाक्यानका अजाज अहमद खान र शोभकान्त केवटले १८/१८ र जावेद अलि मुसलमानले १५ रन बनाए । 

देवदहका विजय सुनारले ह्याट्रिकसहित चार ओभरमा ९ रन खर्चेर चार विकेट र कीर्तिमान ढकालले ३ विकेट लिँदै म्यान अफ द म्याच भए । मंगलबारको खेल सैनामैना क्रिकेट क्लब र प्रोफेसनल मास्टर्सबीच हुने रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । 

२०५४ देखि निरन्तर हुँदै आएको नेपालकै एक मात्र सुपरलिग प्रतियोगितामा जिल्लाभित्रका ‘ए’ डिभिजनका आठ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । एकदिवसीय ५०/५० ओवर फम्र्याटमा खेलाइने ‘बी’ डिभिजनका टप हुने टीम ‘ए’ डिभिजनमा बढुवा हुने गरी प्रतिष्पर्धा गराइने संघका सचिव गुरुङले बताए ।

‘ए’ डिभिजनका आठ टिम र ‘बी’ डिभिजनबाट बढुवा भएर आएका चार टीमलाई पुनः चार समूहमा विभाजन गरी लिग खेलाइने छ । लिगमा टप हुने चार टिमबीच सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् भने पुछारमा रहेको टीम अर्को वर्ष ‘बी’ डिभीजनमा घटुवा हुने छन्,’ सचिव गुरुङले भने । 

प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदीयमान खेलाडीलाई ५÷५ हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए ।