२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

‘क्षयरोग र कोरोनाको लक्षण उस्तै–उस्तै हुन्छ, चिकित्सकसँग परामर्श गरी नियमित औषधि खानू’

बुधवार , कार्तिक ५, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • काठमाडौं, ५ कार्तिक ।

    वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीन प्रकाश शाहले क्षयरोग र कोरोना भाइरसको लक्षण उस्तै–उस्तै हुने बताएका हुन् । स्वास्थ्य मन्त्रालयको नियमित व्रिफिङका क्रममा बुधबार उनले यसबारे जानकारी दिएका हुन् । उनले भने, ‘दुवै रोगको लक्षणहरु ज्वरो आउने, खोकी लाग्ने, थकाई लाग्ने, सास फेर्न गाह्रो हुने, आदि मिल्दा जुल्दा हुन्छन् ।’

    उनले क्षयरोग र कोभिड–१९ स्वास प्रस्वासको माध्यमबाट सजिलै सर्ने संक्रमक रोगहरु भन्दै यी दुवै रोगले मुख्यतया फोक्सेमा असर गर्ने बताए । साथै उनले यदि कुनै व्यक्तिलाई त्यस्ता लक्षणहरु देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गइ जाँच गराउनुपर्ने बताए ।

    डा. शाहले काभिड–१९ महामारीको विषम परिस्थतिले गर्दा क्षयरोगको उपचार गराइरहेका विरामीहरुले उपचार केन्द्रका चिकित्सक या स्वास्थ्यकर्मीहरुसंग परामर्श लिइ हाललाई क्षयरोगको औषधि घरमै लगि नियमित रुपमा सेवन गर्नुका साथै तोकिएको समयमा नियमित खकार जाँच समेत गराउन आग्रह गरे । (देश सञ्चार)