images

बुधवार, बैशाख १२ गते २०८१

सबै कुरा थाहा पाएर अपरिचित

सबै कुरा थाहा पाएर अपरिचित

images
images
images
आइतवार, फाल्गुण १५ २०७८
आइतवार, फाल्गुण १५ २०७८
  • सबै कुरा थाहा पाएर अपरिचित

    समय आफ्नो नियमित गति भन्दा अलि ढिलो चलिरहेको जस्तो लाग्दै थियो । हुन त प्रतीक्षाका पलहरु ढिलो कट्नु नै पर्खाइको धर्महो र आजत्यो धर्मले मलाइ सताइरहेको थियो । भित्र पस्नदेखि हामीलाइ सताइरहेकी तानिसा पनि मोबाइलमा कार्टुन हेर्दै थिइ ।

    images

    पर्खाइ अलि लामो नै भएछ कि, वातावरण नै त्यस्तै भएर हो ? कस्तो एक्कासी बाल्यकालको याद आइरहेको थियो अझै आमाले भनिराख्ने त्यो वाक्य मानस पटलमा खेलिरहेको थियो ‘पछि तिमीहरुका छोरा छोरी भएसी थाहा हुन्छ ? कसरी हुर्काएका हौ तिमीहरुलाई भन्ने ।’ साँच्चै निकै गाह्रो काम रहेछ । बच्चाबच्ची हुर्काउने । एउटा बच्चीलाई हुर्काउन यतिगाह्रो भएको हामीदुईलाई, अझ हाम्रा बा त पाहुना जस्तै आउनुहुन्थ्यो छुट्टीमा ।आमाले कसरी हुर्काउनु भयो होला हामी तीन भाइबहिनीलाइ सोच्दै थिए । विशेषज्ञको कोठाबाट ढोकाखोल्दै एक व्यक्तिले आवाज दियो ‘तानिसा सुनार’ ।

    अनि अपेक्षाले नानीसंग ‘अब भित्र जानी डाक्टरले मोबाइल चलाएको देख्नुभयो भने सुइ लगाइदिनु हुन्छ भन्दै मोबाइल आफ्नो पर्समा राखी । शिशु अवस्थामा नै तनुलाइ जण्डिस भएको थियो र फेरी पनि बेलाबेला केही लक्षणहरु देखिन थालेपछि हामी तनुलाइ औषधि गर्न भनु वा जचाँउन आएका थियौ । अपेक्षाले नानीको हात समाएर डोराउन थाही अनि नमस्कार भन्दै ढोकाभित्र छिरियो । ठूलो कोठा, सिसा लगाएर बन्द गरिएका झ्याल, अस्पताल भएर होला हरिया पर्दा, भित्रै पानीको धारा अनि हातधुने ठाउँ ।

    सबैले हाम्रो नमस्कारको प्रतिउत्तरमा नमस्कार फर्काए एक जना भने त्यही धारामा थिइन् । त्यहाँमध्ये एकले ‘के भयो नानुलाइ?? भन्दै तनुलाइ जिस्काउँदै खै टिकट दिनुस त भन्यो, अनि अपेक्षाले उसको हातमा अघि काउण्टरमा सय रुपैयाँ हालेर किनेको टिकट दिइ र सुनाउन लागि तनुको स्वास्थ्यमा देखिएका समस्या र लक्षणहरु । उही व्यक्ति एक छिन है भन्दै धारातिर फर्केर ‘डाक्टर hyperbilirubinemiaæ “ यस्तै कुनै मेडिकल शब्द भन्यो र चिसो हात पुछ्दै डाक्टर अञ्जलीआइन ।

    डा. अञ्जली मेरा लागि र म डा. अञ्जलीका लागि नयाँ मान्छे थिएनौ । हामी एउटै विद्यालयका विद्यार्थी थियौ, कुनै समयका मिल्ने साथी थियौ,  विद्यालयको कुन कार्यक्रममा त नित्य जोडी पनि थियौ । कुनै बेला हामी दुई मुटु एक ज्यान पनि थियौ अझै भन्नूपर्दा हामी कहिल्यै नछुट्टिने कसमसंगै खाएका प्रेमी प्रेमिका पनि थियौ । अञ्जली डाक्टर हो भन्ने थाहा भए पनि यो सहर, यो अस्पताल र बालरोग विशेषज्ञ हो भन्ने थाहा थिएन मलाई । एक्कासी उसलाइ देख्दाको खुशी, डर हो कि आश्रयपन मेरो अनुहारमा देखिएछ कि क्या हो ? श्रीमती अपेक्षाले कुहिनोले घुच्चाउँदै, आँखाका आखीभाउ उठाउँदै के भो को इसारा गरी अनि केही नाइ भन्दै श्रीमतीको स्वरमा नमस्कार स्वर मिसाउँदै अञ्जलीतिर अंकितगर्दै दुवै हात र दसै औला एकै ठाउँ मिलाए ।

    अब कहिले नभेट्ने बाचा गरेर एक अर्काका सबै कुरा थाहा भएका अपरिचित बनेर छुट्टिएका थियौ हामी तर आज समयको कुन चक्रले यहाँ भेटाएको थियो । उसले पनि हाम्रो नमस्कारको उत्तरमाभर्खर धोएर पुछेका हात जोड्दै नमस्कार फर्काइ र मुस्कुराउदै भन्न थाली छोरीलाइ के भो :च. देभु । मेरो यो नाम उस्को मुखवाट सुनेर आश्रयको भाव अपेक्षाको मुहारमा प्रष्ट देखिएको थियो र सोधी हाली‘कसरी थाहा पाउनु भयो उहाँको यो नाम ?’ विचरी अपेक्षालाई के थाहा यो नाम राख्ने पण्डित नै उ थिइ भनेर । स्कूलमा उसैले भन्न सुरु गरे पछि सबैले यही नामले जिस्काउँदा जिस्काउँदै म अंकितबाट देभु भएको थिए साथीहरुका लागि । उसले जवाफ फर्काइ ‘हामी पुरानो साथी हो नि एउटै कक्षामा थियौं ।

    मैले पनि सहमतिमा टाउको हल्लाए र टिकटमा नाम हेर्दै ‘अबतानिसानानुलाइ छिट्टै ठिक हुन्छ,भन्दै औषधि लेख्न थाली र अपेक्षातिर हेर्दै सामान्य जण्डिस हो गर्वमै जण्डिस भएकाले सामान्य लक्षण देखिन्छ डराउन पर्दैन । यो औषधिहरु १ हप्ताखुवाउनु अनि कस्तो हुन्छ हेरौला एक हप्तामाल्याउनु न भन्दै तानिसाको गालाचिमोठटन थाली । खै कुन सोचमाथिए? कस्तो जस्ताकित्यस्तै जे को त्यहीआफू त ‘प्वाक्क मुखबाट निस्कीहाल्यो । मेरो आँखामाआँखाजुधाउँदै ‘समय, मिति र सालपो फेर्नीहोःच. देभु मान्छे त उहीँ भइन्छ नि ‘जवाफदिनसिपालु थिइफर्काइ हालीजवाफ ।

    खै मान्छे नफेरिए पनि मप्रतिको माया फेरिएछ क्यारे भनेर जवाफ फर्काउन मन थियो तर जवाफ नफर्काइ जबर्जस्ती मुस्कान देखाउँदै उसको कुरामा सहमतिदिदै उसैलाइ सही बनाइदिए पहिले पहिले जस्तै । अपेक्षा थिए हेर्दै औषधिचाहिँ समय समयमा खुवाउनु होला अनि अर्को हप्ता चाहिँ ल्याउन नभुल्नुहोला । थ्यान्कु नानू आज तिमीले गर्दा पुरानो साथी भेट भो भन्दै तनुको गाला चिमोटी, सम्पर्क नम्बर साटासाट गर्यौ र नमस्कार गर्दै बिदा भयौं ।
    क्रमशः

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij