२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

अमेरिकामा कोरोना बिरामीलाई रेम्डेसिभिर प्रयोग गर्न स्वीकृति 

शुक्रवार , कार्तिक ७, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • एजेन्सी, ७ कार्तिक ।

    राष्ट्रपतीय निर्वाचनको दोस्रो बहस हुनु केहीबेर अघि अमेरिकाको खाद्य तथा औषधि निकाय (एफडीए) ले औपचारिक रूपमा कोभिड–१९ विरूद्धको पहिलो औषधिको रुपमा रेम्डेसिभिरलाई औपचारिक रूपमा स्वीकृति दिएको छ।

    नशाहरूमार्फत् दिइने यो औषधि यसअघि ट्रम्प कोरोनाभाइरसबाट संक्रमित हुँदा प्रयोग गरिएको थियो।  एफडीएले उक्त औषधि १२ वर्षभन्दा माथिको कम्तिमा ४० किलो तौल भएका बिरामीलाई दिन सकिने जनाएको हो।

    यसअघि मे महिनामा अमेरिकामा आपतकालीन अवस्थामा प्रयोगका लागि रेम्डेसिभिरलाई अनुमति दिइएको थियो। अमेरिकाको यो कदम सुरक्षित रहे नरहेको बारे बहस भइरहेको छ। विश्व स्वास्थ्य संगठनले यो औषधि प्रभावकारी नभएको बताएको थियो। (नेपाल लाइभ)