
शुक्रवार , कार्तिक ७, २०७७
भैरहवा, ७ कार्तिक ।
नेपाल भारत वर्ल्ड डेभपलमेन्ट फोरम रुपन्देहीले संगठन विस्तार, प्रमाणपत्र वितरण तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विशाल गुप्ताको अध्यक्षतामा ११ सदस्यीय रुपन्देही जिल्ला कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा विमल पौडेल, महासचिवमा प्रतिक भण्डारी, सचिवमा विशाल मिश्रा, सुरज गुप्ता, तिलक प्रसाद ढकाल, कार्यालय सचिवमा सुनिल वर्मा, कोषाध्यक्षमा अभिषेक जयसवाल, सह–कोषाध्यक्षमा सुशिला चौधरी, सदस्यमा प्रकाश हरिजन र विजय कार्की रहेका छन् ।
त्यस्तै कार्यक्रममा ओजस शर्माको अध्यक्षतामा ११ सदस्यीय सिद्धार्थनगर समिति चयन गरिएको नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम रुपन्देहीले जनाएको छ । जसको उपाध्यक्षमा भुवन बहादुर खत्री, सचिवमा निशान्त पौडेल, वृजेश बरई, सकसेस पन्थी, कोषाध्यक्षमा अनमोल धिताल, सह–कोषाध्यक्षमा सम्राट शर्मा, सदस्यमा देवराज भण्डारी, विधान गौतम, श्रृंयाश पौडेल र अमन श्रेष्ठ रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि संविधानसभा सदस्य इस्तियाक अहमद खानले नेपाल भारत वल्र्ड डेभलपमेन्ट फोरमले रचनात्मक कार्यहरुलाई अगाडी बढाउँदै जानुपर्ने बताए ।
त्यस्तै रुपन्देही यूवा समूहका संस्थापक आनन्द प्रसाद गुप्ता, जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२० का अध्यक्ष मंगल भण्डारी, पूर्व अध्यक्ष लेखनाथ भट्टराई लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij