२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

भारतसँग जोडिएका रुपन्देही, कपिलवस्तु र नवलपरासीका नाका तीनदिन बन्द 

मंगलवार , फाल्गुण १७, २०७८

  • 27.0K
    Shares
  • 27.0K
    Shares
  • रूपन्देही, १७ फागुन । 
    भारतको उत्तरप्रदेश राज्यका विभिन्न जिल्लामा हुने विधानसभा निर्वाचनका लाागि नेपालसँग जोडिएका रूपन्देही, कपिलवस्तु, नवलपरासीका सीमा नाका तीनदिन बन्द गरिने भएको छ । कपिलवस्तुसँग जोडिएको कृष्णनगर, मर्यादपुर चाकरचौडासहित भारतले मंगलबार (आज) देखि फागुन १९ गतेसम्म हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

    १९ गते हुने निर्वाचनको अघिदेखि सुरक्षाको कारण देखाएर नेपाल आवतजावत गर्न बन्द गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । टाढाबाट नियमित रूपमा नेपाल आउने यात्रु भित्रिने सक्नेछन्, निर्वाचन अवधिमा इमर्जेन्सी मेडिकलका लागि जानुपरेको अवस्थामा सीमामा रहेका नेपाली सुरक्षा इञ्चार्जमार्फत सीमावर्ती सुरक्षा इञ्चार्जसँग समन्वय गरी जान सकिने प्रजिअ पाण्डेले जानकारी दिए ।

    निर्वाचनको सुरक्षा संवेदनशिलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । रुपन्देहीमा ५९ दशमलब ५ किलोमिटर क्षेत्र भारतीय सीमा छ । नवलपरासी, रुपन्देही र भारत महाराजगञ्ज जिल्लाका सुरक्षा अधिकारीको आइतबारको भर्चुअल बैठकले १९ गते बेलुका ६ बजेसम्म नाका सिल गर्ने निर्णय गरेको हो ।