२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

भैरहवामा खुल्ला रक्तदान, ५३ युनिट रगत संकलन

मंगलवार , फाल्गुण १७, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, १७ फागुन ।
    नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगर, रुपन्देहीको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भैरहवाको सह–आयोजनामा मंगलबार भैरहवामा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवा शिवालय मन्दिर (शिव मन्दिर)मा भएको कार्यक्रम भएको हो ।

    महाशिवरात्रीको अवसर पारेर ‘रक्तदानको लागि सधैं अगाडी बढौं, रक्तदान, जीवनदान’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा ५३ युनिट रगत संकलन भएको नियमित रक्तदाता संघ, सिद्धार्थनगरका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सरिता रानाले जानकारी दिइन् । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि संघका केन्द्रिय अध्यक्ष दया सिलबालले रक्तदान नै सबैभन्दा ठूलो दान भएको बताए ।

    नियमित रक्तदाता संघ, सिद्धार्थनगरका अध्यक्ष संगम न्यौपानेको अध्यक्षता, सदस्य भिम भण्डारीको स्वागत तथा उपाध्यक्ष उर्मिला सिलवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रिय उपाध्यक्ष लेखनाथ भण्डारी, सल्लाहकार अनिल कुमार ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।