२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

राप्रपाद्वारा सिद्धार्थनगर–६ मा संगठन विस्तार

बिहिवार , फाल्गुण १९, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, १९ फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा संगठन विस्तार गरेको छ । सिद्धार्थनगर–६ स्थित पिपरहियामा बुधबार हुकुमदार धुनियाको संयोजकत्वमा १५ सदस्यीय टोल समिति गठन गरिएको पार्टीले जनाएको छ ।

    वडा इकाई अध्यक्ष दुधनाथ जैसवालको अध्यक्षता, राप्रपा रुपन्देहीका कार्यवाहक जिल्ला अध्यक्ष अजय कुमार गुप्ताको प्रमुख आतिथ्यता, जिल्ला सचिव बलराम शर्माको विशिष्ट आतिथ्यता, प्रवक्ता दिलिप कुमार मल्लिक, नेता शंकर खत्री, बृजेश यादव, इकबाल मुसलमान, अजय सोनी, पुर्णवासी गुप्ता, भोला यादव, कुद्दुस खान लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सोही कार्यक्रममा २३ जना राप्रपामा प्रवेश गरेका थिए ।

    शुद्धोधन–६ मा टोल समिति समिति गठन

    राप्रपाले शुद्धोधन गाउँपालिका वडा नम्बर ६ स्थित हलबादीमा १५ सदस्यीय टोल समिति गठन गरेको छ ।

    274343737_500467994774495_1902468190084671246_n.jpg

    पुर्णवासी लोधको संयोजकत्वमा गठन गरिएको समितिको उपाध्यक्षमा संजय सहानी रहेका छन् । कार्यक्रममा राप्रपा शुद्धोधन गाउँपालिकाका अध्यक्ष पुष्पराज थारु, सचिव फुलमान थारु लगायतको उपस्थिति रहेको थियो ।