
शनिवार , कार्तिक ८, २०७७
बुटवल, ८ कार्तिक ।
रोटरीयनहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दशैं लगायतका चाडपर्व मनाउन आग्रह गरेका छन् ।
रोटरी क्लब अव बुटवलको १३३५ औं नियमित बैठक तथा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने रोटरीयनहरुले यस्तो आग्रह गरेका हुन् । वडादशैं, तिहार, छठ लगायतका पर्वहरु आफू रहेकै स्थानमा सुरक्षित रुपमा मनाएर कोभिड–१९ को संक्रमणबाट सुरक्षित रहन उनीहरुले आग्रह गरेका छन् ।
प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष डा. मनोहर जोशीले मानिसको स्वास्थ्य भन्दा ठूलो अरु केही नभएको भन्दै यस वर्षको दशैं, तिहार, छठ जस्ता पर्वलाई पारिवारिक रुपमै सीमित गर्न, सकभर बाहिर नजान र जानैपरे स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरे ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले विजयादशमी, तिहार, छठ एवं नेपाल संवतको अवसरमा शुभकामना व्यक्त गर्दै यसवर्षको दसैं कोरोना महामारीको संवेदनशीलतालाई बुझेर आफू रहेकै स्थानमा मनाउन आग्रह गरे । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चाडपर्व मनाउन सके कोरोनाबाट बच्न सकिने उनको भनाइ छ ।
रोटरी क्लब अफ बुटवलका निवर्तमान अध्यक्ष डिल्लीकुमार श्रेष्ठले पर्व मनाउने नाममा भीडभाड कम गर्न र कोभिड–१९ को संक्रमणबाट बच्न सजग र सचेत हुन आग्रह गरे । पुर्व अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूले कोरोना महामारीबाट आफू बच्नु र अरुलाई बचाउनु मुख्य दायित्व रहेको भन्दै सजग र सचेत रहेर पर्व मनाउन आगह गरे ।
कार्यक्रममा रोटरी क्लव अफ बुटवलका प्रेसिडेन्ट इलेक्ट ताराप्रसाद उपाध्याय, सचिव राम शर्मा, सह–सचिव शिवकुमार ज्ञवाली, कोषाध्यक्ष खेमनारायण पराजुली, प्रेस सल्लाहकार लक्ष्मण पौडेल, रोटरीयनहरु मणिकरत्न पाण्डे, गोपाल बस्याल, यादव घिमिरे, रामचन्द्र पन्थी, सावि बि.क.लगायतले सामाजिक एवं भौतिक दूरी कायम गर्न, मास्क र सेनिटाइजरको प्रयोग गर्न र सुरक्षित रहेर पर्व मनाउन आग्रह गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij