२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

उजिरसिंह क्रिकेट प्रतियोगिताको उपाधि बेष्ट्रनलाई 

सोमवार , फाल्गुण २३, २०७८

बुटवल, २४ माघ ।
रुपन्देहीमा सम्पन्न उजिरसिह रनिङ एकदिवसीय क्रिकेट प्रतियोगिता–२०७८ को उपाधि बुटवलको बेष्ट्रन क्रिकेट एकेडेमीले चुमेको छ । सोमबार भएको फाइनल खेलमा बाउन्नकोटी क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै बेष्ट्रन उपाधि चुम्न सफल भएको हो । 

उपाधिसंगै बेष्ट्रनले नगद २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता बाउन्नकोटी भने नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । 

प्रतियोगिताको उत्कृष्ट विधातर्फ बेस्ट बलर अजय चौहान बुटवल–११ क्रिकेट क्लब, इमर्जिङ खेलाडी भुवन गैरे बाउन्न कला क्रिकेट क्लब  र म्यान अफ दी सिरिज तथा बेस्ट ब्याट्म्यान महाबीर क्रिकेट क्लबका  दिलसद अलि घोषित भए ।

बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति र रुपन्देही क्रिकेट संघको सहयोगमा सम्पन्न फाइनल खेलमा टस जितेर बाउन्नकला क्रिकेट क्लबले ३५ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७६ रनको मध्यम लक्ष्य खडा गरेको थियो । बाउन्नकोटीका सन्दिप खत्रीले शानदार नटआउट ८६ रन र भुवन गैरेले ५० रनको योगदान दिए ।

खेलमा राहुल वि.क.ले ७ ओभर बलिङ गर्दै १ मेडलसहित ३८ रन खर्चेर ४ विकेट लिएका थिए । मध्यम लक्ष्यलाई वेष्ट्रनका ब्याट्सम्यानहरुले २५ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गरे । देव खनालले ५४, विक्रम भुसालले २४ बलमा ३५, अनिल खरेलले २७ तथा राहुल विकले २४ रनको योगदान गरेका थिए । बाउन्नकोटीका बिष्णु कट्टरियाले ७ ओभर बलिङ गर्दै २२ रन खर्चेर ४ विकेट लिएका थिए । फाइनल खेलको राहुल वि.क. म्यान अफ दी म्याच घोषित भए । 

प्रतियोगितामा बेष्ट्रन क्रिकेट क्लब, बेष्ट्रन क्रिकेट एकेडेमी, बुटवल युथ स्र्पोटस क्लब, जिआर क्रिकेट एकेडेमी, न्यु होराईजन क्रिकेट क्लब, महाबिर क्रिकेट क्लब, बुटवल राईनोज क्रिकेट क्लब, बाउन्न कला क्रिकेट एकेडेमी, गोलपार्क क्रिकेट क्लब र बुटवल ११ क्रिकेट क्लब गरि १० टिमले भाग लिएको समितिका सचिव पुनित पोखरेलले बताए । वेष्ट्रन क्रिकेट क्लब र बुटवल युथ क्लबका बीचमा खेल हुने खेल संयोजक राजु राना बताए । प्रतियोगितामा १० टिमले भाग लिएका छन ।

एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, नेपाल क्रिकेट संघका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, संघ जिल्ला कोषाध्यक्ष निरज प्रताप खाँण, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, समितिका अध्यक्ष नेत्र पौडेल, सचिव पुनित पोखरेलले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।