२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवलमा खनाल

मंगलवार , फाल्गुण २४, २०७८

बुटवल, २४ फागुन ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवलको चौथो अधिवेशनले मणि खनालको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । बुटवलमा मंगलबार आयोजित अधिवेशनले उपाध्यक्षमा विशाल काउचा, सचिवमा गौरव आचार्य, कोषाध्यक्षमा मणिप्रसाद गुरुङ र सह–सचिवमा आकृति जीसी सर्वसम्मत चयन भएका छन् । अधिवेशनले सदस्यहरुसहित ४१ सदस्यीय कमिटी गठन गरेको छ । 

त्यसअघि अधिवेशन बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै उपप्रमुख आचार्यले मदन भण्डारीको विचार र सिद्दान्तलाई व्यवहारमा लागू गर्दै खेलमार्फत स्वस्थ र अनुशासित युवा उत्पादन गर्न एकेडेमी स्थापना भएको बताइन् । 

मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सचिव सुजु मल्लले खेलमार्फत युवाको व्यक्तित्व, शारीरिक र मानसिक विकास गर्न एकेडेमीका गतिविधिलाई स्थानीय तहसम्म पुर्याएको बताए । 

कार्यक्रममा नेकपा (एमाले) का नेता गोपाल रानाले राष्ट्रियता, पहिचान र स्वास्थ्यका लागि युवाहरु खेलकुदमा संलग्न हुनुपर्ने बताए । कार्यक्रममा एकेडेमीका केन्द्रीय सदस्य सदस्य नन्दु काउचा, केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला अध्यक्ष कृष्ण देवकोटा नगर अध्यक्ष समुन्द्र श्रेष्ठ, किशोर सुवेदी, केशव पौडेल लगायतले आफ्ना धारणा राखेका थिए ।