२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

शहीद स्मारक फुटबल : खुमलटार विजयी

बुधवार , फाल्गुण २५, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • काठमाडौँ, २५ फागुन।  राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ।  
     
    सातदोबाटोस्थित एन्फा अखिल नेपाल फुटबल सङ्घ कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दैै विजयी भएको हो। खुमलटारको जितमा सविन केसी नायक बने। उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो। 

    जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चर्च ब्वाईज युनाइटेड र  भगवती क्लबको पनि समान ६ अङक नै छ तर गोल अन्तरका आधारमा चर्च ब्वाईज शीर्ष स्थानमा रहेको छ। त्यस्तैँ भगवती क्लब दोस्रो स्थानमा छ यता बासबारीको भने तीन खेलमा दोस्रो पराजय हो। बासबारीले तीन खेलमा  १ अङक जोडेको छ।। । रासस