२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

कर्मचारी युनियनको केन्द्रिय सदस्यमा गुल्मीका ३ जना निर्वाचित

बुधवार , फाल्गुण २५, २०७८

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • बुटवल। नेपाल निजामती कर्मचारी युनियनमा गुल्मी स्थायि घर भएका तीन जनाले केन्द्रिय सदस्यमा निर्वाचन जितेका छन्। 

    युनियनको आठौं केन्द्रिय महाधिबेशनबाट गुल्मी स्थायि घर भई रुपन्देही र काठमाण्डौमा निजामती सेवामा कार्यरत तीन जनाले केन्द्रिय सदस्यमा निर्वाचन जितेका हुन्। 

    काठमाण्डौमा फागुन २१ गतेदेअि २३ गते सम्म भएको महाधिबेशनमा गुल्मीका गुल्मीका नविन पन्थी लुम्बिनी प्रदेश तर्फको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन्। त्यसैगरी गुल्मीकै हरीप्रसाद ज्ञवाली खुल्ला कलस्टर तथा बिनोद अर्याल संघिय कलष्टरबाट निर्वाचित भएका हुन्। 

    गुल्मीको मदाने गाँउपालिका भनभने स्थायि घर भएका पन्थी र रुरु गाँउपालिका ५ बम्घा स्थायि घर भएका ज्ञवाली रुपन्देहीमा कार्यरत रहेका छन् भने अर्याल मालिका गाँउपालिका अर्जे घर भई हाल उर्जा मन्त्रालय काठमाण्डौमा कार्यरत छन्। 

    महाधिबेशनले गोपाल पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।