
आइतवार , कार्तिक ९, २०७७
बुटवल, ९ कार्तिक ।
६८ औ स्थापना दिवसको पूर्वसन्ध्यामा नेपाल तरुण दल क्षेत्र नम्बर २ क्षेत्रीय समिति रुपन्देहीले मानव सेवा आश्रम बुटवललाई खाद्यान्न सहयोग गरेको छ । आइतबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सांसद फखरुद्धिन खानले आश्रमका प्रदेश संयोजक रुपा केसीलाई करीब २५ हजार रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै सांसद खानले तरुण दलमा युवाहरु एकतावद्ध भइ नेतृत्व र रचनात्मक काममा अग्रसर हुन सुझाव दिए । कोभिड–१९ को संक्रमणको जोखिमको बेला वर्तमान समयमा स्वास्थ्य उपचार सबैभन्दा जटिल समस्याका रुपमा देखिएको भन्दै उनले सर्वोच्चको निःशुल्क सेवन दिनुपर्ने आदेश सरकारले कार्यान्वयन गर्नुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति फणिन्द्र शर्माले मानवसेवा सबैभन्दा ठूलो धर्म भएको बताए । कांग्रेसको भातृ संगठनका रुपमा रहेको तरण दलकै कारण सबल र बलियो बनेको उनको दावी छ । बेरोजगार युवाहरुलाई उद्यमशिल बनाउने र देशको अर्थतन्त्र उकास्नेतर्फ सरकारलाई दबाब दिने गरी कार्यक्रम गर्नेतर्फ तरुणको अग्रसरता जरुरी रहेको उनले बताए । हरेक तरुण राजनीति, व्यवसाय र सामाजिक कामलाई अनुसरण गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ ।
क्षेत्र नम्बर २ का सभापति हसन्त लामाले युवाहरुलाई एकताबद्घ गर्दै नेतृत्व विकास र सामाजिक काममा अग्रसर रहेको बताए । हरेक वर्ष कार्तिक १० गते स्थापना दिवसमा आफुहरुले सामाजिक कार्यमा थोरै भएपनि योगदान दिदै आएको उनले बताए ।
कार्यक्रममा नेपाली काग्रेस महासमिति सदस्य दीर्घ बहादुर केसी, बुटवल नगर सभापति खेलराज पाण्डे, चिरञ्जिवी जोशी, नेविसंघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, जिल्ला अध्यक्ष सोम बहादुर गुरुङ, जिल्ला कोषाध्यक्ष बासु बस्याल, तरुण दल बुनपा सभापति सुजन पुनले राजधानी सार्ने विषयमा गरिएको आन्दोलनको क्रममा राजनीतिक मुद्दालाई व्यक्तिगत रुपमा लगाउने काम भएको भन्दै यसतर्फ पार्टीपंक्तिको ध्यानाकर्षण हुनुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij